प्रदेश

प्रदेशको बजेट : नगद अनुदान बाँड्ने होडबाजी

काठमाडौं : आगामी आर्थिक वर्ष २०७९/८० का लागि बुधबार सात वटै प्रदेश सरकारले बजेट सार्वजनिक गरेका छन् । सबै जोड्दा प्रदेश सरकारको कुल बजेट ३ खर्ब ५ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । ६ वटा प्रदेशले चालु आर्थिक वर्षको तुलनामा बजेट बढाएर ल्याएका छन् भने कर्णाली प्रदेशले भने बजेट घटाएर प्रस्तुत गरेको छ...