प्रदेश १

धनकुटा क्यान अध्यक्षमा विजय श्रेष्ठ

धनकुटा : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) धनकुटाको दोस्रो जिल्ला अधिवशेनले विजयशेखर श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा सुवास मगर, सचिवमा प्रकाश निरौला, कोषाध्यक्षमा उमा दाहाल, सहसचिवमा शिशिर श्रेष्ठ तथा सदस्यमा दीपक घिमिरे, अविनाश श्रेष्ठलाई चयन गरेको हो ।