हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको सिलान्यास

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८ चैत १३ आइतबार
हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको सिलान्यास

काठमाडौं : दोलखाको शैलुङमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र (हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर) को शनिबार सिलान्यास गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले शनिबार आइ अल्टिच्युड ट्रेनिङ सेन्टरको सिलान्यास गरेका हुन् ।

आइ अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि नेपाल तेक्वान्दो संघले २०७६ साउनमा दोलखाको शैलुङ गाउँपालिकासँग जग्गा भोगचलन सम्बन्धी सम्झौता गरेको थियो । तेक्वान्दोको आइ अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि शैलुङ गाउँपालिकाले पाँच रोपनी जग्गा उपलब्ध गराउने छ ।

शैलुङ गाउँपालिकाको कालापानीमा अवस्थित दुई हजार आठ सय देखि ३ हजारको उचाइमा रहेको उक्त क्षेत्रमा ट्रेनिङ सेन्टर गरिन लागिएको हो । शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले शैलुङमा तेक्वान्दोको ट्रेनिङ सेन्टर निर्माण हुने भएपछि स्थानीयबासी उत्साहित भएको बताए । २७ करोड रुपैयाँ लागत अनुमान गरिएको ट्रेनिङ सेन्टरका लागि सरकारले यस आर्थिक वर्षमा १० करोड रुपैयाँ छुट्याएको छ । ट्रेनिङ सेन्टरको एक महिनाभित्र निर्माण सुरु गरिने बताइएको छ ।