कीर्तिपुर ४ मा राजेन्द्र बानियाँ 

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९ वैशाख १३ मंगलबार
कीर्तिपुर ४ मा राजेन्द्र बानियाँ 

कीर्तिपुर : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को  वडा अध्यक्षमा राजेन्द्र बानियाँ नै उम्मेदवार बनेका छन् । यसअघि वडा अध्यक्ष निर्वाचित भएर जनताको मन जित्न सफल बानियाँलाई नेपाली कांग्रेसले यस पटक पनि दोहो¥याएको हो । बानियाँले यसअघि अत्याधिक मत ल्याएर वडा अध्यक्ष जितेका थिए । उनले ९९७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वीले ७५२ मत मात्रै ल्याएका थिए । 


नेपाली कांग्रेसका तर्फबाट ४ नम्बर वडा अध्यक्षमा बानियाँ सर्वसम्मत उम्मेदवार बन्दा सदस्यहरुमा अनिल बाँस्कोटा, राजेन्द्र तामाङ, समिष्ठा तोलाङ्गे र सविता आचार्य कुइँकेल चुनावी मैदानमा उत्रिएका छन् । 
 

कीर्तिपुर नगरपालिकाकै सबैभन्दा ठूलो वडा नम्बर ४ को नेतृत्वका लागि भने ६ जनाको उम्मेदवारी परेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमालेबाट ईश्वरकुमार बाँस्कोटा, माओवादी केन्द्रबाट राजेश बुढाथोकी, नेकपा एकीकृत समाजवादीबाट कृष्णहरि खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजकुमार केसी र स्वतन्त्र उम्मेदवारका रुपमा श्यामकुमार अधिकारीले उम्मेदवारी दिएका छन् । 
यसैगरी कीर्तिपुर नगरपालिकाको प्रमुखमा भने ६ जना स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेले केशरत्न वज्राचार्यलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसबाट राजकुमार नकर्मी मैदानमा उत्रिएका छन् । यसैगरी माओवादी केन्द्रबाट शिवशरण महर्जन, एकीकृत समाजवादीबाट बटुकृष्ण थापा, राप्रपाका जितबहादुर विष्ट, नेमकिपाबाट श्रीकृष्ण महर्जन, आमुल परिवर्तन पार्टीका श्यामकाजी महर्जन र नेपाली कांग्रेस वीपीका प्रदीप खनालले नगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । 
यसैगरी स्वतन्त्रबाट प्रशान्त महासागर नकर्मी, भीमकुमार महर्जन, श्याम महर्जन, सन्देश महर्जन, बद्रीलाल महर्जन र मनोज बुढाथोकीले पनि प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।