राजेन्द्र बानियाँ : जसले सामाजिक कामलाई नै सर्वोपरी ठानें

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९ वैशाख २५ आइतबार
राजेन्द्र बानियाँ : जसले सामाजिक कामलाई नै सर्वोपरी ठानें

काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को  नेतृत्वका लागि राजेन्द्र बानियाँ फेरि एक पटक चुनावी मैदानमा उत्रिएका छन् । ‘जहाँ विपत्ति त्यहाँ राजेन्द्र बानियाँ’ भन्ने पहिचान नै बनाएका उनले सामाजिक कामलाई नै आफ्नो सर्वोपरी धर्म मान्दै आएका छन् । चाहे महाभूकम्पको समय होस् या संसारभर आतंक फैलाएको कोरोना कहरको समय नै किन होस् उनी सदैव सामाजिक काममा सक्रिय भइरहे । दुःखी, गरिवको घाउमा मल्हम लगाउन संधै पुगिरहे । अझ स्पष्ट रुपमा भन्नुपर्दा विपत्तिको समयमा अरु घरभित्रै लुकिरहँदा उनी भने मैदानमा खटिसकेका हुन्थे । 
विपत्तिको समयमा सहयोगका लागि सदैव खटिने र सामाजिक काममा सदैव लागिपर्ने राजेन्द्र बानियाँ फेरि एक पटक कीर्तिपुर नगरपालिका ४ नम्बर वडाको विकासका लागि अघि सरेका छन् । यसअघि वडा अध्यक्ष निर्वाचित भएर जनताको मन जित्न सफल भएकै कारण बानियाँलाई नेपाली कांग्रेसले यस पटक पनि वडा अध्यक्षमा दोहो¥याएको छ । 

विगतमा लामो समय जनप्रतिनिधिविहीन वडालाई ट्रयाकमा हिंडाउन उनले धेरै समय खर्चिए । कर्मचारीको भरमा सञ्चालन भएको स्थानीय निकायलाई ‘जनताको सिंहदरबार’ हो भनेर स्थापित गराउन राजेन्द्र बानियाँले पनि धेरै समय खर्चिनु प¥यो । त्यही कारण पनि विकास निर्माणका कामले गति लिन समय लाग्यो । कीर्तिपुर नगरपालिकामा उनी र खासगरी नेपाली कांग्रेस अनुकुल नेतृत्व थिएन । यसका लागि उनले कीर्तिपुर नगरपालिकासँग कति विमति राखे, कति घाँटी सुकाए त्यसको लेखाजोखा सायद उनले पनि राखेका छैनन् । नगरपालिकामा आफू अनुकुल नेतृत्व नहुँदा पनि उनी वडाको विकासमा समर्पित भइरहे । कीर्तिपुर नगरपालिकाकै सबैभन्दा ठूलो वडा भएका कारण विकासले एकरुपता पाउन सकेन । तर, उनले कसैलाई निरास बनाएनन्, जहाँ जति सकिन्छ, त्यो काम गराएरै छाड्थे । वडा अध्यक्षको हैसियतमा पाउने सेवा सुविधा उनले केही पनि लिएनन् । सेवा सुविधावापत उनले जेजति पाउँथे, त्यो सबै सामाजिक काममै खर्चिन्थे । आफूले पाउने सेवा सुविधाको रकम निमुखा जनताकै हितमा लगाउँथे । उनको यस अभियानबाटै कतिले उच्च शिक्षा अध्ययनको अवसर पनि पाए । 


उनको सामाजिक र विकासप्रेमी स्वभावकै कारण सम्पूर्ण वडावासीको मन जित्न सफल भएका छन् र यही वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा वडाको विकासका लागि फेरि एक पटक चुनावी मैदानमा उत्रिएका छन् । । भद्र, शालिन, सहृदयी र मृदुभाषी बानियाँ विगतको कार्यकालमा बाँकी रहेका कामलाई पूर्णता दिएर ‘नमुना वडा’ बनाउन चुनावी मैदानमा उत्रिएका हुन् ।
अहिले चुनावी अभियानका लागि जनताको घरदैलोमा पुगिरहेका बानियाँ अरु उम्मेदवारको कुरा गदैनन् । पाँच वर्षको अवधिमा आफूले गरेका काम र आगामी पाँच वर्ष गर्ने कामलाई नै आफ्नो चुनावी एजेन्डा बनाएका छन् । अरु उम्मेदवारहरु आफ्ना प्रतिस्पर्धीको कुरा काट्नमै व्यस्त भइरहँदा उनी भने स्पष्ट विकासको खाका बोकेर चुनावी अभियानमा छन् । सामाजिक क्षेत्रमा पु¥याएको योगदान मात्रैले पनि उनी अन्य प्रतिस्पर्धीभन्दा निकै बलिया छन् । अझ वडाको विकास र समृद्धिको स्पष्ट खाकाले अरु प्रतिस्पर्धीलाई निकै पछि पार्ने आँकलन वडावासीले गरेका छन् । 
बानियाँ यसअघि अत्याधिक मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनले ९९७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वीले ७५२ मत मात्रै ल्याएका थिए । नेपाली कांग्रेसका तर्फबाट ४ नम्बर वडा अध्यक्षमा बानियाँ सर्वसम्मत उम्मेदवार बन्दा उनको सहयात्रीका रुपमा सदस्यहरुमा अनिल बाँस्कोटा, राजेन्द्र तामाङ, समिष्ठा तोलाङ्गे र सविता आचार्य कुइँकेल उनीसँगै चुनावी मैदानमा होमिएका छन् ।