कीर्तिपुरमा मिल्ने साथीबाटै हत्या

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९ जेठ १९ बिहीबार
कीर्तिपुरमा मिल्ने साथीबाटै हत्या

काठमाडौं : साथीहरुको कुटपिटबाट उदयपुर तामिल्छा-८ का अरुण खत्रीको मृत्यु भएको छ। कीर्तिपुरस्थित ढल्पा जाने सडकमा केही युवकहरुबीत्र झगडा भइरहेको सूचना सोमबार प्रहरी बृत्त कीर्तिपुरमा आएको थियो। बृत्तका डीएसपी पुरुषोत्तम पाण्डेका अनुसार दुई जना युवकले अरुणलाई कुटिरहेका थिए। हालः चन्द्रागिरी नगरपालिका-१० बोसिगाउँ बस्ने उदयपुर तामिल्छा नगरपालिका-८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना प्रक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन्।

कुटपिटबाट गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीले अरुणलाई तत्कालै उद्धार अस्पताल पुर्‍याए पनि टाउको र छातीमा गम्भीर चोट लागेका कारण उनको मृत्यु भएको थियो। मृतकको झोलाबाट नियन्त्रित लागूऔषध डाइजापाम ३१ एम्पुल, फेनारगन ६४ एम्पुल र नुरफिन ७२ एम्पुल प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार उनीहरु तीनै जना मिल्ने साथी हुन् र सँगै बसेर लागुऔषध प्रयोग गर्ने गर्थे। सोमबार अरुणले केही लागुऔषध ल्याएको र अन्य दुई जनाले पैसा नदिइ खोस्न लागेकाले झगडा भएको प्रहरी अनुसन्धानले देखाएको छ।

'प्रकाउ परेका अजय र सन्तोषले अरुणलाई कुटपिट गरी लागुऔषध खोसेको देखिन्छ। खोस्ने क्रममा कुटपिट पनि गरेका रहेछन्। प्रारम्भिक अनुसन्धानमा उनीहरु अरुबेला पनि सँगै बसेर लागुऔषध सेवन गर्ने गरेको पाइएको छ,' डीएसपी पाण्डेले भने।

प्रहरीले लागुऔषके विषयलाई केन्द्रीत गरेर थप अनुसन्धान गरिरहेको बताएको छ। मृतक अरुणको घरमा एक श्रीमती र छोरी रहेका छन्।