काठमाडौं : नेपालमा एक वर्षमा साढे ३ हजार किलो सुन वैधानिक प्रणालीबाट आयात भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्कअनुसार नेपालले ४३ अर्ब ८९ करोड रुपैयाँ बराबर मूल्यको सुन नेपाल भित्रिएको हो । विभागका अनुसार उक्त परिमाणको स...