आफ्नै बुवाको हत्या आरोपमा पाण्डेछापका दुई जना पक्राउ परेका हुन् ।
काठमाडौं : कीर्तिपुर नगरपालिका-६ पाण्डेछापका दुई जना आफ्नै बुवाको हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतकका माहिलो छोरा ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कान्छो छोरा कृष्ण महर्जन रहेका छन् ।
उनीहरुले आफ्नो बुवालाई बिहीबार साँझ साढे ५ बजे प्रेसर कुकर र लोहोरोले टाउकोमा हानेर हत्या गरेको कीर्तिपुर प्रहरीले जनाएको छ ।
उनीहरुमाथि ज्यान सम्बन्धी कसूरमा प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।