निगमका सहायक प्रवक्ता पुष्कर कार्कीकाअनुसार शनिबार रातिदेखि लागु भएको पेट्रोल,डिजेल र मट्टितेलको मूल्य हालसम्मकै उच्च हो ।
काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। शनिबार रातिदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाइएको हो ।
यसअघि माघ १८ गते निगमले मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ ।
निगमका सहायक प्रवक्ता पुष्कर कार्कीकाअनुसार शनिबार रातिदेखि लागु भएको पेट्रोल,डिजेल र मट्टितेलको मूल्य हालसम्मकै उच्च हो ।
अहिलेको मूलयवृद्धिले पनि निगमलाई पाक्षिक दुई अर्व ४० करोड रुपैयाँ घाटा नै रहेको विज्ञप्तिमा जनाइएको छ । गत माघ मसान्तसम्म निगमले करिब २४ अर्व रुपैयाँ नोक्सानी बेहोरिसकेको निगमले जनाएको छ ।
हरेक पटक मूल्यवृद्धि हुँदा सडक तताउने राजनीतिक दलका भातृ संगठनले यस पटक के गर्लान भन्ने चासो पनि उक्तिकै छ । अहिले एमसीसीका कारण काठमाडौंका सडक तातिरहेकाले मूल्यवृद्धिको विरोधमा पनि विद्यार्थी संगठनलगायतका भातृ संगठन विरोधमा उत्रन्छन् कि उत्रँदैनन् भनेर आम जनताले चासोका साथ हेरेका छन् ।