एनआईसी एसिया बैंकको सहायक सीईओमा रञ्जन खड्का

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, फागुन १० मंगलबार
एनआईसी एसिया बैंकको सहायक सीईओमा रञ्जन खड्का

विगत दुई वर्षदेखि एनआईसी एसिया बैंकमै सहायक महाप्रबन्धकका रुपमा कार्यरत खड्का सोमबार सहायक सीईओमा बढुवा भएका हुन् ।

काठमाडौं : नेपालकै उत्कृष्ट र सर्वाधिक नाफा कमाउने बैंकका रुपमा परिचय बनाएको एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रञ्जन खड्का नियुक्त भएका छन् । विगत दुई वर्षदेखि एनआईसी एसिया बैंकमै सहायक महाप्रबन्धकका रुपमा कार्यरत खड्का सोमबार सहायक सीईओमा बढुवा भएका हुन् ।
रञ्जन खड्का बैंकिङ क्षेत्रमा लागेको २५ वर्ष भइसकेको छ । करिब २२ वर्ष एभरेष्ट बैंकमा बिताएका खड्का पाँच वर्षअघि बजार प्रबन्धकका रुपमा सेञ्चुरी बैंक पुगेका थिए । त्यहाँ करिब तीन वर्ष बिताएपछि उनी २०७६ माघमा एनआईसी एसिया बैंकमा सहायक महाप्रबन्धकका रुपमा नियुक्त भएका थिए ।
खड्का बैंकिङ क्षेत्रका साथै खेलकुद क्षेत्रमा पनि परिचित नाम हो । भलिबलका राष्ट्रिय खेलाडी खड्का अहिले नेपाल भलिबल संघका उपाध्यक्ष पनि छन् । यसैगरी शेरबहादुर खड्का स्मृति प्रतिष्ठानमार्फत खेलकुदसँगै सामाजिक कामहरुलाई पनि निरन्तर रुपमा अगाडि बढाउँदै आएका छन् ।