एकैदिन तोलामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, फागुन १२ बिहीबार
एकैदिन तोलामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं : सुनको मूल्य एकैदिन तोलामा २ हजार पाँच सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९९ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको आजको कारोबार मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ । बुधबार तेजावी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो भने चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।