सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, फागुन १७ मंगलबार
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौं : सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको सुनको मूल्य मंगलबार ९७ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

मंगलबार तेजावी सुनको मूल्य ९७ हजार १ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ तोकिएको छ ।