काठमाडौं : नयाँ वर्षको अवसरमा आगामी वैशाख १ गते रिलिज हुने नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को ‘सुन्तला’ बोलको गीत लोकप्रियता हासिल गरेको छ । फागुन २४ गते रिलिज गीतलाई अहिलेसम्म करिब आठ लाखले हेरिसकेका छन् । गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापाको अभिनय रहेको छ।
सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत र मेलिना राई र निशान भट्टराईले स्वर भरेका छन् । गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । लोकलयमा तयार पारिएको गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । गीतको अडियो र भिडियो निकै उच्च क्यालिटीमा निर्माण भएको देख्न सकिन्छ ।
सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सिनेमाको कथा निर्देशक झरना थापाले लेखेकी हुन् ।
पटकथा र संवादमा उनलाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । सिनेमामा सलोन बस्नेतको पनि अभिनय रहेको छ ।