काठमाडौं : नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६,०८१ पीसीआर परीक्षणका क्रममा ७७ जना र २ हजार ५ सय २७ एन्टिजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९४९ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप ४२९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ४ सय ९७ जना निको भएका छन् । हाल ५ हजार ३४० सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टाइनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २८, भक्तपुरमा ४ र ललितपुरामा ७ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ८६५ पुगेको छ ।
आज देशभर ५ हजार २३० जना होम आइसोलेसनमा, ११० जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ३४ जना आईसीयूमा र ५ भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।