काठमाडौं : बिहीबार सुनको मूल्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको प्रतितोला मूल्य ५०० रुपैयाँले वृद्धि भएको हो । योसँगै बिहीबार छापावाला सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि बुधबार छापावाला सुनको प्रतितोला मूल्य ९९ हजार ३०० रुपैयाँ थियो ।
बिहीबार तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार ३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदीको प्रतितोला मूल्य पनि २० रुपैयाँले बढेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको प्रतितोला मूल्य १३७० रुपैयाँमा कारोबार भएको थियो ।