शनिबार १७ कोरोना संक्रमित थपिँदा४०९ संक्रमणमुक्त

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत ५ शनिबार
शनिबार १७ कोरोना संक्रमित थपिँदा४०९ संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ९९३ पीसीआर परीक्षणमा आठ जना र दुई हजार ५५० एन्टिजेन परीक्षणमा नौ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४०९ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या तीन हजार ५९५ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।