६०० रुपैयाँले घट्यो सुनको मूल्य

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत ६ आइतबार
६०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलमा ६ सय रुपैयाँले घटेको हो ।

आइतबार छापावाल सुनको प्रति तोला मूल्य ९९ हजार २०० रुपैयाँ रहेको छ । शुक्रबार छापावाल सुन तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य भने तोलामा ९८ हजार ७०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

 

आइतबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार ३७५ रुपैयाँ रहेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ थियो ।