बुधबार ३८ जनामा कोरोना संक्रमण, २६९ जना निको

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत ९ बुधबार
बुधबार ३८ जनामा कोरोना संक्रमण, २६९ जना निको

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २६९ जना निको भएका छन् भने हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।