राष्ट्रिय तेक्वान्दो चैत १८ र १९ गते हुने

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत ११ शुक्रबार
राष्ट्रिय तेक्वान्दो चैत १८ र १९ गते हुने

काठमाडौं : राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १७ औं संस्करण यही चैत १८ र ११ गते हुने भएको छ । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका करिब तीन सय खेलाडीको सहभागिता रहने मूल आयोजक समितिका अध्यक्ष भानबहादुर चन्दले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रदेश छनोट प्रतियोगितामा देखिएका उत्कृष्ट र उदीयमान ४२ खेलाडीसहित करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
 

सिनियर र जुनियरमा गरी कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । सिनियरको पुरुष÷महिलामा ८–८ गरी १६ स्पर्धा समावेश छन् । जुनियरको पुरुष÷महिलामा ५–५ गरी १० स्पर्धामा खेल हुने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३६ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक राम गिरीले जानकारी दिए । यसै प्रतियोगिताबाट राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा हुने छ । प्रतियोगिताको १६ औं संस्करण २०७५–७६ मा भएको आठौं राष्ट्रिय खेलकुदका दौरान भएको थियो ।