नेपाल र चीनबीच ९ बुँदे समझदारी

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत १२ शनिबार
नेपाल र चीनबीच ९ बुँदे समझदारी

काठमाडौं: नेपाल र चीनबीच विभिन्न विषयमा भएको सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सिंहदरवारमा आयोजित समारोहमा चिनियाँ विदेशमन्त्री वाङ यीसहितको प्रतिनिधि र परराष्ट्रमन्त्री नारायण खड्कासहितको नेपाली प्रतिनिधिको सभागितामा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

 

परराष्ट्र स्रोतका अनुसार नेपाल र चीनबीच रेल सेवाको सम्भाव्यता अध्ययन, नेपालबाट घाँस निर्यात, प्रसारण लाइनको सम्भाव्यता, आर्थिक तथा प्राविधिक सहयोग, खोप हस्तान्तरण र मर्मत सम्भाव र चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा काम गर्न पाउने लगायतका सम्झौतामा हस्ताक्षर भएको हो।

परराष्ट्र मन्त्रालयले केहीबेर सम्झौताबारे आधिकारिक जानकारी दिने तयारी गरेको छ।