क्यानडा र अमेरिकामा बस्ने नेपालीलक्षित रियालिटी शो छिट्टै सुरु हुने

मदन बस्नेत

मदन बस्नेत

  • २०७८, चैत १३ आइतबार
क्यानडा र अमेरिकामा बस्ने नेपालीलक्षित रियालिटी शो छिट्टै सुरु हुने

टोरोन्टो : क्यानडा र अमेरिकामा बस्ने नेपाली भाषीहरुलाई लक्षित गरेर अमेरिकास्थित ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले गायन र नृत्य गरी दुई भिन्न विधाको ‘रियालिटी शो’ सुरु गर्ने भएको छ। ‘मेरो भ्वाइस कप अमेरिका’ र ‘मेरो डान्स कप अमेरिका’ टाइटलका लागि क्यानडा र अमेरिकामा बसोबास गर्ने १४ वर्ष उमेरमाथिका इच्छुक नेपाली भाषीले आवेदन दिन सक्ने छन्।

आवेदन इन्ट्रा फाउन्डेसन एपमार्फत सजिलै भर्न सकिन्छ। नाम रजिस्ट्रेसनको डेडलाइन मार्च ३१ सम्म तोकिएको छ। नाम दर्ता गर्नका लागि अमेरिकी डलर एक सय (१००) शुल्क लाग्ने छ। सहभागीहरुको संख्या उल्लेखनीय भएको खण्डमा अडिसन क्यानडामा पनि हुनेछ। अन्यथा अडिसन अमेरिकामा गरिने छ।

अडिसनका लागि ट्राभल, अकुमोडेसनलगायतका सम्पूर्ण खर्च आयोजकले नै बृहोर्नेछ। अडिसनबाट छनोट भएका उत्कृष्ट १२ ले नेपाल जाने अवसर पाउने छन् । र, प्रतियोगिताको बाँकी राउन्डहरु नेपालमा नै सम्म्पन्न गरिने र नेपालका प्रतिष्ठित टेलिभिजनहरुबाट त्यसको प्रत्यक्ष प्रसारण पनि गरिने छ।

‘रियालिटी शो’का जजहरुमा गायनतर्फ प्रमोद खरेल, जगदीश समाल र अर्जुन रसाइलीलगायतका चर्चित कलाकारहरु छन् भने नृत्यतर्फका जजहरुमा दीलिप रायमाझी, केकी अधिकारी, शंकर बिसी र नरमान राई छन्।

प्रतियोगिताको दुवै बिधाका बिजेताले नगद पुरस्कारको अलावा प्रथम हुनेले टोयाटा ¥याभ ४, फ्रस्ट रनर अपले १० तोला सुन र सेकेन्ड रनरअपले १० तोलाको चाँदीको कप पाउने छन्।


त्यसैले आफ्ना बाबुनानीहरु गायन वा नृत्य सिक्दै छन् वा उनीहरुमा त्यस्तो ट्यालेन्ट छ भने उनीहरुको प्रतिभा प्रस्फुटनका लागि यो एउटा राम्रो अवसर भएको आयोजकले जनाएको छ।

इन्ट्रा फाउन्डेसन एप डाउनलोड गरेर आफ्ना बाबुनानीहरुको नाम दर्ता छिटोभन्दा छिटो गराउन आयोजकले आह्वान गरेको छ। नाम रजिस्ट्रेशनको डेडलाइन मार्च ३१ सम्म मात्रै रहेको जनाइएको छ ।