त्रिकोणात्मक टीट्वेन्टी शृङ्खला : नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत १९ शनिबार
त्रिकोणात्मक टीट्वेन्टी शृङ्खला : नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै

काठमाडौं : घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टीट्वेन्टी शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ ।

नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेटले हराएको थियो ।मलेसियालाई भने फाइनल पुग्न नेपाललाई हराउनै पर्नेछ । मलेसियाले पहिलो खेलमा पीएनजीलाई हराए पनि शुक्रबार भएको खेलमा पीएनजीसँग ८ विकेटले पराजित भएपछि अंकतालिकामा अन्तिममा छ ।

नेपालसँग मलेसिया पाराजित भए पीएनजीलाई फाइनल पुग्ने बाटो खुल्नेछ । पीएनजीका लागि नेपाल र मलेसियाबीचको खेल महत्वपूर्ण बन्नेछ ।

नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ । मलेसिया नेपालको लागि परिचित प्रतिद्वन्द्वी हो । अहिलेसम्म टीट्वेन्टीमा नेपाल र मलेसियाबीच कुल १० खेल भइसकेका छन् । जसमा ७ खेल टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । त्यसमा नेपालले ६ खेल  जितेको छ भने मलेसियाले एक खेल मात्र जितेको छ ।

नेपाल भर्सेस मलेसिया हेड टु हेड

टीट्वेन्टी आई खेल : ७

नेपाल विजयी : ६

मलेसिया विजयी : १

२०१९ नेपाल इन मलेसिया टीट्वेन्टी सिरिज

पहिलो खेलमा नेपाल ७ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६ रनले विजयी

२०१९ आईसीसी विश्वकप टीट्वेन्टी क्वालिफायर एसिया रिजन फाइनल

नेपाल ७ विकेटले विजयी

२०२० एसीसी इस्टर्न रिजन टीट्वेन्टी

नेपाल २२ रनले पराजित

२०२१ त्रिकोणात्मक सिरिज

दोस्रो नेपाल ९ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६९ रनले विजयी

२०२२ त्रिकोणात्मक टी२० श्रृंखला

नेपाल ६ विकेटले विजयी