बुधबार १३ जनामा कोरोना संक्रमण, ५७ जना निको

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत २३ बुधबार
बुधबार १३ जनामा कोरोना संक्रमण, ५७ जना निको

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार बुधबार १३ जनामा संक्रमण पुष्टि भएको हो। मिश्राका अनुसार ४ हजार ८०७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। ३ हजार ३५८ जनाको पिसिआर गर्दा १० र १ हजार ४४९ जनाको एन्टिजेन परीक्षण ३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना निको भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन् । अहिले देशभर ७ हजार ६५ जना सक्रिय संक्रमित छन्।