आर्थिक तथा राजनीतिक संकटपछि लोडसेडिङको मारमा श्रीलङ्का

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९, वैशाख ३ शनिबार
आर्थिक तथा राजनीतिक संकटपछि लोडसेडिङको मारमा श्रीलङ्का

कोलम्बो : आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ ।    
    
सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन् ।    
    
अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म विजुली कटौती हुनेभएको छ । रातिको समयमा भने विजुली कटौती नगर्ने तालिका बनाइएको छ ।    
    

 

यसअघिको तालिकाभन्दा दुई घण्टा बढी विजुली कटौती हुने भएको सरकारी अधिकारीहरूले शुक्रबार जनाएका छन् ।    
    
श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि विभिन्न बस्तु तथा सेवाको अभाव भएको छ भने मूल्य बृद्धि पनि अत्यधिक भएको छ ।    
    
बस्तु तथा सेवाको अभाव र मूल्य बृद्धि भएपछि आम नागरिकले आन्दोलन गरेपछि राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ ।    
    
अभाव, मूल्य बृद्धि र आन्दोलन चर्किरहेका बेला तत्कालिन सबै मन्त्रीहरुले राजीनामा दिएपछि अहिले नयाँ मन्त्रीहरु नियुक्त गरेर सरकार सञ्चालन गरिएको छ ।    
    
आर्थिक सङ्कटका कारण कतिपय अत्यावश्यक काम समेत रोकिएको अधिकारीहरुले जनाएका छन् । स्वास्थ्य मन्त्रालयले कतिपय औषधीहरुको समेत अभाव भएको जनाएको छ ।