काठमाडौं : काजोल म्युजिक प्रा.लि. ले बहराइनमा भएको चौथो युथ एसियन पारा गेम्सका पदक विजेता तेक्वान्दो टोलीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
बहराइनको मानामा मंसिर १६ देखि २० गतेसम्म भएको युथ एसियन पारा गेम्समा पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य जितेका थिए । उनीहरुलाई नगद पाँच हजारसहित सम्मान गरिएको हो ।
सोही अवसरमा टोलीका प्रशिक्षक अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई पनि नगदसहित सम्मान गरिएको थियो । उनलाई पनि प्रशंसा पत्रसहित जनही ५ हजार नगद प्रदान गरियो । विशाल भने कार्यक्रममा उपस्थित थिएनन् ।
पारा तेक्वान्दो टोलीलाई बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, काजोल म्युजिक प्रा.लि.की प्रोप्राइटर एवं राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी बोर्ड सदस्य नन्दा बस्याल र राखेपकै कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवर, सदावहार नायक सरोज खनाललगायतले राष्ट्रिय लोक नृत्य महोत्सवका अवसरमा उनीहरुलाई सम्मान गरे ।