कर्णबहादुर मल्ल साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट निष्काशित

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९, वैशाख १३ मंगलबार
कर्णबहादुर मल्ल साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट निष्काशित

काठमाडौं : नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्काशन गरेको छ ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

उनले अलग पार्टी नेपाली कांग्रेस वीपीबाट उम्मेदवार तय गर्दै स्थानीय तह चुनावमा डडेलधुरामा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेका थिए । उनकै पहलमा त्यहाँ एमालेले ४ र कांग्रेस विपीले ३ पालिका पाएको छ ।

अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका कांग्रेस विपीले तथा नेकपा एमालेले परशुराम नगरपालिका, आलीताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ ।