मंगलबार थप १० जनामा कोरोना संक्रमण, २६१ जना सक्रिय संक्रमित

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९, वैशाख १३ मंगलबार
मंगलबार थप १० जनामा कोरोना संक्रमण, २६१ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दामा ८ जना र १ हजार १६२ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २६१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २६० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९५५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।