गाडी ठेल्दै खेलकुदमन्त्री लिम्बू (भिडियोसहित)

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८०, माघ ४ बिहीबार
गाडी ठेल्दै खेलकुदमन्त्री लिम्बू (भिडियोसहित)

काठमाडौं : गृह जिल्ला मोरङबाट काठमाडौं फर्कने क्रममा काभ्रे जिल्लाको रोशी गाउँपालिका, नार्केमा आइपुग्दा आफू सवार सरकारी गाडी ब्रिगिएपछि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गाडी ठेल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
केही समयअघि मात्र पत्नी वियोगमा परेका मन्त्री लिम्बू श्रीमतिको मृत्युपछिका संस्कार सम्पन्न गरेर आज गृह जिल्ला मोरङबाट बीपी राजमार्गको बर्दिवास–सिन्धुली मार्ग हुँदै काठमाडौं आउँदै थिए ।

 

 

बाटोमा गाडी बिग्रिएपछि गाडीमा सवार मन्त्री लिम्बूलगायत सबैले ठेलेका थिए । तत्काल गाडी मर्मत हुने अवस्था नभएपछि अर्को सवारी साधनमार्फत मन्त्री लिम्बू काठमाडौं आएको प्रमुख स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिए ।
मन्त्री लिम्बूकी धर्मपत्नी गंगामायाको ५८ वर्षको उमेरमा गत शुक्रबार राति निधन भएको थियो । लामो समयदेखि लिभर क्यान्सरले ग्रस्त गंगामायाको उपचारका क्रममा निधन भएको हो । केही महिनाअघि मन्त्री लिम्बूको आमाको पनि निधन भएको थियो ।