काठमाडौं : पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १५७ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।