बुधबार १२७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, फागुन १८ बुधबार
बुधबार १२७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

काठमाडौं :  पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ७ हजार ५८० जना होम आइसोलेसनमा रहेका छन् भने १९० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ६५६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९४१ पुगेको छ भने ९ लाख ५७ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५ जना कोरोना संक्रमित थपिएका छन् ।