मंगलबार ८३ जनामा कोरोना संक्रमण, १३० जना निको भए

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत १ मंगलबार
मंगलबार ८३ जनामा कोरोना संक्रमण, १३० जना निको भए

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  मंगलबार पनि कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जना र ३ हजार १५० जनाको एन्टीजेन परीक्षण गर्दा २६ जना गरी ८३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३० जना कोरोनाबाट निको  भएका छन् भने हाल ४ हजार ७४६ जना संक्रिय संक्रमित रहेका छन् ।