आइतबार ३७ जनामा कोरोना संक्रमण, ३८२ जना निको

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, चैत ६ आइतबार
आइतबार ३७ जनामा कोरोना संक्रमण, ३८२ जना निको

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने आइतबार पनि कसैको मृत्यु भएको छैन ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामाथप ३८२ जना कोरोना संक्रमणबाट निको भएका छन् भने हाल ३ हजार २४१ जना संक्रिय संक्रमित रहेका छन् ।