कीर्तिपुर नगरपालिकामा कांग्रेसको प्रभाव

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९ जेठ ०२ सोमबार
कीर्तिपुर नगरपालिकामा कांग्रेसको प्रभाव

काठमाडौं : कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो प्रभुत्व जमाएको छ । सोमबार बिहानसम्म ७ वटा वडाको मतगणना सम्पन्न भइसक्दा नेपाली कांग्रेसले ६ वटा वडामा जित हात पारेको छ । कांग्रेसले वडा नम्बर १, २, ३, ५, ६ र ७ मा जित हासिल गरेको छ । ४ नम्बर वडा अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार श्याम अधिकारी विजयी भएका छन् । बाँकी रहेका तीन वटा वडाको मतगणना भइरहेको छ । यी वडामा पनि प्रारम्भिक गणनामा कांग्रेस उम्मेदवारले अग्रता बनाएका छन् ।
 

यसैगरी नगर प्रमुख र उपप्रमुखमा पनि कांग्रेस उम्मेदवारले अग्रता बढाएका छन् । अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले ६ हजार आठ सय १० मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशरत्न वज्राचार्यले तीन हजार ७ सय ८२ मत ल्याएका छन् । यसैगरी उपप्रमुखमा कांग्रेसकी शुभलक्ष्मी शाक्यले ६ हजार ३ सय ८४ र नेकपा एमालेकी उम्मेदवार बिन्दु महर्जनले चार हजार नौ सय ७१ पाएकी छन् ।