‘मिष्टर नेपाल २०२३’का २० अन्तिम प्रतियोगी सार्वजनिक

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८० साउन ०४ बिहीबार
‘मिष्टर नेपाल २०२३’का २० अन्तिम प्रतियोगी सार्वजनिक

काठमाडौं : न्यु लुक ‘मिष्टर नेपाल २०२३’का २० अन्तिम प्रतियोगी सार्वजनिक गरिएको छ । कार्यक्रममा सबै प्रतियोगीले आफ्नो परिचयसँगै प्रतियोगितामा आउनुको कारण बताएका छन् ।

प्रतियोगीमा निमेश कपाली (काठमाडौं), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (बिराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर) रहेका छन् । यस्तै आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमन्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) रहेका छन् ।

प्रतियोगीमा विद्यार्थीदेखि डाक्टर, इन्जिनियर, पाइलट, चार्टटर एकाउन्टेनलगायत विभिन्न क्षेत्रबाट सहभागी छन् ।  प्रतियोगिताको फाइनल आगामी शनिबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुँदै छ । प्रतियोगितामा शीर्षसहित विभिन्न बिधागत गरेर १२ विजेता छानिनेछन् । शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार जित्न सक्नेछन् । प्रतियोगीताको शीर्षसहित अन्य चार महत्वपूर्ण विधाका विजेताले पनि यो पटकबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको  अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

देशभर आयोजना भएको अडिसनमा छानिएका उत्कृष्ट २० प्रतियोगीलाई फाइनलका लागि आयोजकले स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायत दर्जनभन्दा बढी विधामा प्रशिक्षण दिएको छ ।

सन् २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागतिा रहेको नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् । एक्सपोज नेपालकी अध्यक्ष अर्चना थापाले नेक्स्ट मोडल्सले उत्कृष्ट प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै यस पटकबाट नेपालकै नम्बर वान प्रतियोगिता आयोजना गर्न लागेको दाबी गरिन् ।

प्रतियोगीताको फाइनल स्पर्धामा अभिनेत्री आँचल शर्मा, पूर्वमिस नेपाल माल्भिका सुब्बा, डा.आयुष्मान घिमिरे, शैलजा अधिकारी, विश्वकिरण जैनलगायत निर्णायक छन् ।