रन्जिताको ‘धोका भयो’

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८० साउन ०९ मंगलबार
रन्जिताको ‘धोका भयो’

काठमाडौं : इटहरी निवासी रन्जिता प्रसाईंको स्वर रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्की (कार्की जी) को शब्द रचनामा गीत तयार गरिएको हो । विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई थ्री एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो । गीतलाई गायिका प्रसाईंको युटुब च्यानलमार्फत हेर्न सकिन्छ ।

सुरुमा अडियो निकाल्ने र केही समयपछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाईंले बताइन् । गीतमा धोका पाएपछिको बेदना पोखिएको र अहिलेको युवालाई  लक्षित गरिएको छ । प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ।
गीतमा मिलन र बिछोडमा हुने मानवीय क्रियाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिदा अप्रिय घटनाहरु भइरहेका भावनाहरु गीतमा पोखिएको छ ।

स्यान्डिकुमार पन्डितको छायांकन, एसडी हाउसको सम्पादन तथा सुवास शाहको निर्देशन रहेको छ । गीतमा गायिका प्रसाईंका प्रेमीका रुपमा कलाकार समीप निरौला र गायिका प्रसाईंले अभिनय गरेका छन् ।