आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८१, वैशाख २६ बुधबार
आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु

काठमाडौं: आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो ।

प्राधिकरणका अनुसार आगलागीबाट १८, डढेलोले ६ र चट्याङ लागेर ३ जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका छन् । यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ ।

यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलव्ध थियो ।