
काठमाडौं : ललितपुरको नखिपोटमा रहेको सुनिल गोल्ड जिममा विभिन्न सुविधा थप गरिएको छ । २०४९ सालदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिममा सदस्यहरुको माग बमोजिम विभिन्न सुविधा थप गरिएको सञ्चालक सुनिल राजकर्णिकारले जानकारी दिए ।
विभिन्न सुविधा थप गरिएको जिम हलको सोमबार उद्घाटन गरिएको छ । नयाँ वर्ष तथा सुनिल गोल्ड जिमको वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा बडीबिल्डिङको राष्ट्रिय जर्ज तथा समाजसेवी इरेन श्रेष्ठ राजकर्णिकारले जिम हलको उद्घाटन गरेकी थिइन् । जिममा कार्डियो सेक्सनसँगै जुम्बा र एरोबिक्स थप गरिएको सञ्चालक सुनिल राजकर्णिकारले जानकारी दिए । जिममा दैनिक एक सयभन्दा बढीले नियमित शारीरिक कसरत गर्दै आएका छन् ।
राजकर्णिकार २०४५ सालदेखि जिम तथा फिटनेस पेसामा सक्रिय रहँदै आएका छन् । उनले २०४९ मा सुनिल गोल्ड जिम स्थापना गरेका हुन् । सो जिम अहिले पनि निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ । यससँगै ललितपुरको कुमारी पाटीमा टाइटन जिम एन्ड फिटनेस पनि सञ्चालन हुँदै आएको छ ।
राजकर्णिकार नेपाली खेलकुद क्षेत्रमा पनि चिरपरिचित नाम हो । उनी वल्र्ड बडी बिल्डिङ एन्ड फिजिक स्पोट्र्स फेडरेसन (डब्लुबीपीएफ) का जर्ज पनि हुन् । उनले भारत, थाइल्यान्डलगायतका मुलुकमा भएका अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा जर्जको भूमिका निर्वाह गरिसकेका छन् ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका राजकर्णिकारले चीनको हाङझाउमा आयोजना भएको १९औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका तेक्वान्दो खेलाडीलाई सुनिल गोल्ड जिममा निशुल्क पावर ट्रेनिङको व्यवस्था गरेका थिए । सुनिलले १९औं एसियाली खेलकुदको बन्द प्रशिक्षण सञ्चालन हुञ्जेलसम्मका लागि तेक्वान्दो खेलाडीलाई जिमको सुविधा उपलब्ध गराएका थिए ।
विगत लामो समयदेखि जिम तथा फिटनेस व्यवसायमा संलग्न सुनिललाई ललितपुर महानगरपालिकाले सम्मान गरेको थियो । जिम तथा फिटनेस स्थापना गरी स्वस्थ नागरिक उत्पादनमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको थियो ।