त्रिविमा २०७७ सालदेखि स्थगित उपप्रध्यापकको परीक्षा भदौमा हुँदै

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८१, साउन २ बुधबार
त्रिविमा २०७७ सालदेखि स्थगित उपप्रध्यापकको परीक्षा भदौमा हुँदै

 काठमाडौं : त्रिभुवन विश्वविद्यालयको लामो समयदेखि स्थगित उपप्रध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ । त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा भदौ ५ गतेदेखि सुरु गर्न लागेको हो ।

 

प्रथम चरणमा चिकित्सा शास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा संचालन हुने सेवा आयोगले सूचना जारी गरेको छ । अन्य संस्थान र संकायसँग सम्बन्धित विषयको परीक्षा तालिका प्रकाशित गरिने आयोगले जनाएको छ । तालिका आयोगको वेवसाइटमा प्रकाशित हुनेछ ।