बाघ भैरवको मूर्ति कीर्तिपुरबासीलाई हस्तान्तरण

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८१, भदौ १ शनिबार
बाघ भैरवको मूर्ति कीर्तिपुरबासीलाई हस्तान्तरण

काठमाडौं:  करिब ३२१ वर्षअघि पुरानो बाघ भैरवको मूर्ति पुन: बनाएर कीर्तिपुरबासीलाई हस्तान्तरण गरिएको छ । शुक्रबार ललितपुरमा करिब १ वर्षको समय लगाएर ल्हामो ह्याण्डीक्राफ्टले बनाएको बाघ भैरवको उक्त मूर्ति बाजागाजासहित कीर्तिपुर बासीलाई हस्तान्तरण गरिएको  ल्हामो ह्याण्डीक्राफ्टका मूर्तिकार राजु महर्जनले बताए ।

उनका अनुसार ३ फिट उचाइ रहेको बाघ भैरवको यो मूर्तिलाई १५/२० जनाको कालिगढले तयार गरेका हुन् । बाघ भैरवको मूर्तिलाई  गुंदे दपा खलबाट करिब २५० जनाको समूले नेवारी परम्परा अनुसार साँस्कृतिक बाजागाजासहित हस्तान्तरण गरिएको उनले बताए ।

यस्तै कीर्तिपुरमा रहेको बाघ भैरवको मन्दिर जीर्णोद्वार गरेको ११ वर्षपछि मूर्ति मन्दिरमा प्रतिस्थापन गर्न लागिएको बाघ भैरव मन्दिरका सदस्य सचिव शुद्ध महर्जनले बताए । उनले अनलाइनखबरसँग भने, ‘बाघ भैरवको यो मूर्ति नेपाल संवत ८२३ स्थापना भएको थियो ।

त्यसपछि यो मूर्ति विस्तारै  विलुप्त भइसकेकाले पुन: शिलालेख अनुसार बनाउन लगाएका हौ। भोलि विधिपुर्वक पूजा गरी प्रतिस्थापन गर्छौं।’ उनका अनुसार बाघ भैरवकै मन्दिरमा हाथु भैरवको पनि मूर्ति अर्को वर्ष बनाएर राख्‍ने तयारी भइरहेको छ ।

बाघ भैरवको मुर्ति ललितपुरबाट लिएर मन्दिरको सतलमा राखिएको छ । विधि भोलि अर्थात भाद्र १ गते पूजा गरेर मूर्ति स्थापना गरिने उनले बताए ।

तस्बिर : किपोग्राफी