
काठमाडौं : तीनकुने क्षेत्रमा भएको झडपमा परी ३० जना घाइते भएका छन्। गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर प्रहरीतर्फ १५ जना र प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको जानकारी दिएको छ। त्यस्तै तीनकुने क्षेत्रमै झडपका क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन रहेका छन्। झडपमा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको गृह मन्त्रालयले जानकारी दियो।
शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएकाउपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्याइएको थियो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए ।
‘४ : ३० बजे अस्पताल ल्याउँदा अस्पताल आउँदा नै मृत्यु भएको थियो । घाँटीमा गोली लागेको रहेछ,’ आचार्यले भने ।