नेपाल सुपर लिगको अक्सन फागुन २० मा, २४२ खेलाडी किनबेच हुने

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८, फागुन १७ मंगलबार
नेपाल सुपर लिगको अक्सन  फागुन २० मा, २४२ खेलाडी किनबेच हुने

काठमाडौं : दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि यही फागुन २० गते अक्सन हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले फागुन २० गते अक्सन हुने जानकारी गराएको छ ।

यस्तै अक्सनमा समावेश हुने खेलाडीको सूची समेत सार्वजनिक भएको छ । आयोजकले ए, बी र सी गरी तीन क्याटेगोरीमा खेलाडीलाई विभाजन गरेको छ ।

चैत अन्तिम देखि सुरु हुने तयारी रहेको प्रतियोगितामा यस पटक तीन नयाँ टिम थपिएका छन् र कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

अक्सनका लागि आयोजकले कुल २४२ जनाको नाम सार्वजनिक गरेको छ । जसमध्ये क्याटेगोरी ए मा ४० जना छन् । यस्तै क्याटेगोरी बी र सी मा भने समान १०१ जना खेलाडी छन् ।

त्यसबाहेक आयोजकले २२ जनाको मार्की प्लेयरको सूची समेत तयार पारेको छ । जसबाट फ्रेन्चाइजले अक्सन अघि मार्की खेलाडी अनुबन्ध गर्न सक्नेछन् । गत वर्ष ललितपुर सिटीको मार्की प्लेयर रहेका अन्जन विष्टलाई यस पटक नयाँ टिम झापा एफसीले मार्की प्लेयर अनुबन्ध गरिसकेको छ ।