मिस वर्ल्डको ग्रान्ड फिनालेमा भाग लिन नम्रता अमेरिका प्रस्थान

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८ फागुन २७ शुक्रबार
मिस वर्ल्डको ग्रान्ड फिनालेमा भाग लिन नम्रता अमेरिका प्रस्थान

काठमाडौं : मिस वर्ल्डको ग्रान्ड फिनालेमा भाग लिन नेपालकी सुन्दरी नम्रता श्रेष्ठ अमेरिका प्रस्थान गरेकी छन् । कोरोना भाइरसको महामारीले रोकिएको यो वर्ल्ड इभेन्टमा ४० जना प्रतिस्पर्धीले सहभागिता जनाउन पाएकोमा त्यसमा नम्रता पनि छानिएकी थिइन् ।

आगामी मार्च १६ र १७ मा हुने ब्यूटी विथ प्रपोजको प्रिजेन्टेसनमा नम्रताले भाग लिने छिन् । यस्तै १८ मार्चमा न्यूयोर्क जाने तथा २० मार्चमा नेपाल फर्किने तालिका छ । यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाउन पाउनेछन् ।

नम्रता यसअघि नै हेड टु हेड च्यालेन्जबाट अन्तिम ३० मा पुगिसकेकी छन् । कुल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जनालाई फाइनलमा सहभागी गराउन लागिएको हो । अरुलाई भने भर्चुअलरुपमा सहभागी गराइने भएको छ ।

आज बेलुकी विमानस्थलमा नम्रताको विदाइ गरिएको थियो । विदाइको क्षणमा उनी उत्साहित देखिएकी थिइन् । आउँदो मार्च १६ मा मिस वर्ल्डको ग्रान्ड फाइनल हुनेछ ।