टीट्वेन्टी र एकदिवसीय टोली घोषणा

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८ चैत ०८ मंगलबार
टीट्वेन्टी र एकदिवसीय टोली घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय र टीट्वेन्टी शृंखलाका लागि दुई टोली घोषणा गरेको छ । क्यानले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा टीट्वेन्टी र एकदिवसीय टोली घोषणा गरेको हो । 
नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चैत ११ र १२ गते पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय शृंखला खेल्दैछ । यसैगरी त्रिवि मैदानमै चैत १४ गतेदेखि नेपालले पपुवा न्युगिनी र मलेसियासँग टीट्वेन्टी शृंखला खेल्नेछ । 
 

सन्दीप लामिछानेको कप्तानीमा रहेको एकदिवसीय टोलीमा आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम सोब, सुशन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुलसन झा र भीम सार्की छन् । यसैगरी टीट्वेन्टी टोलीमा सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र अदिल अन्सारी छन् ।
क्यानले मंगलबार घोषणा गरेको टीट्वेन्टी र एकदिवसीय टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी भने छैनन् । यूएईमा भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ मा सोचे अनुरुप प्रदर्शन गर्न नसकेपछि दुवै खेलाडीलाई टोलीमा समावेश नगरिएको क्यान स्रोतले जनाएको छ ।