गोपाललाई अर्को सफलता

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७८ चैत १४ सोमबार
गोपाललाई अर्को सफलता

काठमाडौं : नेपाली खेलाडी गोपाल भण्डारीले ४३ औं नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् । अमेरिकोको भर्जिनियामा आयोजना भएको च्याम्पियनसिपमा गोपालले ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा रजत जितेका हुन् ।
उनको समूहमा अमेरिकाका विभिन्न राज्यका नौ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गोपालले एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो डोजाङबाट प्रतिनिधित्व गर्दै रजत पदक जितेका हुन् । अमेरिकाकै पुरानो मानिने च्याम्पियनसिपमा एभरेष्ट र हिमालयन तेक्वान्दो डोजाङबाट नेपाली मुलका ५० जना खेलाडी, ६ जना रेफ्री र ७ जना प्रशिक्षक सहभागी भएका थिए ।
 

गोपालले गत साता अमेरिकाको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए । अमेरिकाको टेक्सास राज्यको डालस फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आयोजना भएको च्याम्पियनसिपमा गोपालले यू–४० उमेर समूहको रेगुलर पुम्सेमा विभिन्न देशका सात राष्ट्रका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए । हाल अमेरिकामै बस्दै आएका गोपाल आगामी जुलाई १ र २ तारिखमा आयोजना हुने अन्तर्राष्ट्रिय कुकिवान प्रेसिडेन्ट कपमा नेपालका तर्फबाट सहभागी हुँदैछन् । उक्त प्रतियोगितामा उनले अफिसियल रेफ्री जजको भूमिका पनि निर्वाह गर्ने छन् ।