गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०७९ वैशाख ०२ शुक्रबार
गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट

काठमाडौं : गायिका मेलिना राईले विवाह गर्ने तयारी गरेकी छन् । एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेको संकेत दिएकी हुन् । मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट भने गरिसकेका छन् । इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गरेकी हुन् ।

 

आफूहरु चाँडै विवाह गर्ने तयारीमा रहेको र इन्गेजमेन्ट भने दुई वर्षअघि नै गरेको मेलिनाले जानकारी दिइन् । ‘दुई वर्षअघि नै इन्गेजमेन्ट भएको हो, अहिले सार्वजनिक मात्रै गरेको हुँ,’ मेलिनाले भनिन्, ‘यसै वर्षभित्र विवाह पनि गर्दैर्छौं ।’ सञ्जीव चर्चित गिटारिस्ट तथा एरेन्जर हुन् ।