आइराले जितिन् बंगलादेशमा स्वर्ण

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८० कात्तिक ०३ शुक्रबार
आइराले जितिन् बंगलादेशमा स्वर्ण

काठमाडौं : नेपालकी आइरा बोहराले बंगलादेशमा आयोजना भएको प्रथम बंगबन्धु इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । शुक्रबारबाट बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपमा आइराले क्याडेट १२ मुनिको एकल पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आइरा स्वयम्भू तेक्वान्दो डोजाङकी खेलाडी हुन् ।

 

च्याम्पियनसिपमा सहभागी जनाउन नेपालका विभिन्न जिल्ला र डोजाङका करिब एक सय खेलाडी बंगलादेश पुगेका छन् । च्याम्पियनसिपमा नेपालका सात जना अन्तर्राष्ट्रिय निर्णायक पनि बंगलादेश पुगेका छन् ।