खेलकुद विकास समिति गठन गर्ने फुङलिङ ताप्लेजुङकै पहिलो स्थानीय तह

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८० मंसिर २९ शुक्रबार
खेलकुद विकास समिति गठन गर्ने फुङलिङ ताप्लेजुङकै पहिलो स्थानीय तह

ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिकाले नगर खेलकुद विकास समिति गठन भएको छ। सामाजिक विकास समिति संयोजक तथा वडा नं ८ का अध्यक्ष क्षितिज सुनुवारको अध्यक्षतामा १४ सदस्यीय समिति गठन भएको हो। खेलकुद विकास समिति गठन गर्ने फुङलिङ जिल्लाको पहिलो स्थानीय तह बनेको छ। यसअघि पहिलो कार्यकालमा पनि कुनै तहले उक्त समिति गठन गरेका थिएनन्। 

समितिको सदस्यमा वडा नं ४ का अध्यक्ष दुर्गा पालुङवा, खेलकुद प्रशिक्षकबाट देवकुमार मादेन र अनुशा थेबे, पूर्व खेलाडीबाट पासाङ शेर्पा र वेदना गुरुङ, दर्ता भएको क्लबबाट दिनेश खवास र कविता तामाङ छन्। 

यसैगरी, सामुदायिक विद्यालय खेलकुद शिक्षकबाट शंकर श्रेष्ठ, संस्थागत विद्यालय खेलकुद शिक्षकबाट रोजेश गुरुङ, शिक्षा शाखाप्रमुख प्रकाश पौडेल तथा आमन्त्रित सदस्यमा जीवन पालुङवा, सन्तोष गुरुङ र शैलेन्द्र गुरुङ छन्।