नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले हरायो

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८१ वैशाख २२ शनिबार
नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले हरायो

काठमाडौं : नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’विरुद्धको पाँचौं तथा अन्तिम टीट्वेन्टी खेलमा सान्त्वना जित निकालेको छ । यसअघि नै शृंखला गुमाइसकेको नेपालले शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो । जितका बाबजुद नेपालले पाँच खेलको शृंखला ३–२ ले गुमायो ।
वेस्ट इन्डिजले दिएको एक सय ७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । नेपाललाई जित दिलाउन आसिफ शेख र अनिल साहले अर्धशतकीय पालि खेलेका थिए । अनिलले ४५ बलमा चार छक्का र चार चौकाको मद्दतमा ५८ रन बनाए । यस्तै आसिफले ३५ बलमा पाँच छक्का र दुईको सहयोगमा ५१ रन जोडे । कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै १८ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा अविजित ३७ रन बनाए । ओपनर कुशल भुर्तेल भने १३ रनमा पेभेलियन फर्किए । वेस्ट इन्डिजका ओवेड म्याकवेले तीन तथा म्याथ्यु फोर्डले एक विकेट लिए । 
 

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७२ रनको योगफल खडा गरेको थियो । वेस्ट इन्डिजका एलिक अथानासियसजले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा तीन छक्का र एक चौका प्रहार गरे । यस्तै कप्तान रोस्टन चेजले ३३, जोनसन चाल्र्सले २४, म्याथ्यु फोर्डले २३ तथा कदिम अल्लेने र मार्क दयालले समान ११ रन बनाए । नेपालका सागर ढकाल र सोमपाल कामीले तीन÷तीन विकेट लिए । अभिनाश बोहराले एक विकेट हात पारे । 
यसअघि पहिलो खेलमा घरेलु टोली नेपालले चार विकेटको जित निकालेको थियो । त्यसपछिका खेलमा भने वेस्ट इन्डिजले १० रन ७६ रन र २८ रनको जित निकाल्दै शृंखला कब्जा गरेको थियो ।