एनआईसी एसिया बैंकद्वारा वाफ उपविजेता महिला फुटबल टोली नगदसहित सम्मानित

हाम्रो कीर्तिपुर

हाम्रो कीर्तिपुर

  • २०८१ वैशाख २५ मंगलबार
एनआईसी एसिया बैंकद्वारा वाफ उपविजेता महिला फुटबल टोली नगदसहित सम्मानित

काठमाडौं : गत फागुनमा साउदी अरेबियामा भएको वाफ फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु नगदसहित सम्मानित भएका छन् । एनआईसी एसिया बैंकले सोमबार साँझ खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो ।

उपविजेता बन्न सफल टोलीका खेलाडी जनही २५ हजार रुपैयाँबाट सम्मानित भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । यस्तै राष्ट्रिय टिमकी गोलकिपर अन्जन राना मगरलाई एनआईसी एसिया बैंकले ब्राण्ड प्रमोटर नियुक्त गरेको छ ।

महिला खेलाडीलाई एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले सम्मान गरेका थिए । कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज नेम्वाङ, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतको उपस्थिति रहेको थियो । 
पहिलो पटक वाफ महिला च्याम्पियनसिप खेलेको नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको थियो । तर, फाइनलम जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित भएर उपविजेता बनेको थियो ।