ताजा समाचार

त्रिवि केन्द्रीय पुस्तकालय भवनको शिलान्यास

  • १ चैत, २०७८

काठमाडौं  : भारत सरकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालय भवनको आज शिलान्यास गरिएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भवनको कीर्तिपुरमा शिलान्यास गरेका हुन् ।